दाङ, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेड, घोराही शाखाले घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विभिन्न प्रजातिका करिब १५० बिरुवा रोपिएका छन्। कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी, प्रधानाध्यापक लाेकबहादुर बस्नेत र बैंकका शाखा प्रबन्धक ठेकराज विनाडीले संयुक्त रूपमा वृक्षारोपण गरी शुभारम्भ गरीएकाे थियाे ।
वृक्षारोपण कार्यक्रममा ग्लोबल आईएमई बैंक घोराही शाखाका सम्पूर्ण कर्मचारी, विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभर विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको शाखा प्रबन्धक विनाडीले जानकारी दिनुभयाे ।












