घोराही, २६ पाैष। घोराही उपमहानगरपालिका १७ मा रहेकाे गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ ।

शनिबार बिहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाईयुक्त टोल आजको आवश्यकता रहेको बताउँदै यसका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो ।

गैरागाउँ टोल विकास संस्थाले सडक पेटी सफा राख्नका लागि टोलमा डरामबाट बनाइएको ८ वटा डस्बिन राखेकोमा प्रशंसा गर्दै प्रियासनले घर, टोल सफा भएमा शारिरिक एवं मानसिकरुपमा पनि स्थानीयबासी स्वस्थ हुने बताउनुभयो । टोलबासीको सक्रियताले हरेक गतिविधिहरुमा सम्बन्धित टोल अब्बल हुने बताउँदै गैरागाउँ टोलले नियमितरुपमा सरसफाई कार्यक्रम राखिरहेकोमा प्रियासनले टोल विकास संस्थालाई धन्यवाद दिनुभयो ।

यसैगरी विशिष्ठ अतिथि घेराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीले गैरागाउँ टोल स्थापना भएको केही वर्षमै अन्य टोलहरुको तुलनामा सक्रियरुपमा देखा परेको बताउनुभयो । टोलबासीकै सक्रियताले टोलमा सरसफाईदेखि सामाजिक अभियानहरु सञ्चालन हुने अध्यक्ष चौधरीको भनाई छ । सो अवसरमा ८ वटा डस्टबिनहरु सडक वरपर राखिएको थियो । पछि थप डस्टबिनहरु पनि राख्ने तयारी रहेको टोलका अध्यक्ष तेजबहादुर बुढाले जानकारी दिनुभयो ।

कार्यक्रमको सहजीकरण लक्ष्मण अधिकारीले गर्नुभएको थियो । सरसफाई कार्यक्रममा टोलका महिला, पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस