घाेराही, २६ पाैष । घाेराही उपमहानगरपालिका वडा नं. १८ मा रहेकाे माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुलले शनिबार रक्तदान तथा आँखा शिविर सञ्चालन गरेकाे छ।
विद्यालयकाे ४२औं वार्षिकोत्सवका अवसरमा आयाेजित साताव्यापी कार्यक्रम अन्तर्गत शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पाेख्रेलले जानकारी दिनुभयाे ।

माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुलकाे आयाेजना तथा
राप्ती आँखा अस्पताल रक्षाचाैरकाे प्राविधिक सहयाेगमा सञ्चालित शिविरमा ९ सय ४६ जनाले सेवा लिएका थिए । नि:शुल्क सञ्चालित आँखा शिविरमा ३ सय ११ जना अभिभावक र ६ सय ३५ जना विद्यार्थीहरु आँखा चेकजाँच गरिएकाे थियाे ।
यसैगरी विद्यालयले साेही दिन रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ। रक्त सञ्चार केन्द्र घाेराहीमा रगत अभाव देखिएपछि विद्यालयले रक्तदान कार्यक्रम गरेकाे प्रिन्सिपल पाेख्रेलले बताउनुभयो । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे प्राविधिक सहयाेगमा आयाेजित रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताहरुले रगत दान गर्नुभएकाे थियाे । विद्यालय सञ्चालक समितिका अध्यक्ष अरुण कुमार शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
विद्यालयले आफ्नाे ४२ औं वार्षिकोत्सवका अवसरमा सामाजिक सेवामूलक, खेलकुद, सांस्कृतिक, पुरस्कार तथा सम्मानका कार्यक्रमहरु गरि पाैष २९ गते वार्षिकोत्सव सम्पन्न गर्दैछ ।












