घाेराही, २७ पाैष। दाङ महिला जेसीजको १७औं पद हस्तान्तरण कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ।
दाङ महिला जेसीज बर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे। नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी र घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वर्ष २०२६ का लागि निर्वाचित कार्यकारिणी उपाध्यक्षद्वय भिमा डिसी र आरधनासिंह ठकुरी, उपाध्यक्षहरु सुलोचना पाण्डे, सरस्वती वली,  गुन्जन शाह र अञ्जु घर्ती, र  सचिव माया चौधरीले सपथ लिनुभएकाे थियाे । नवनिर्वाचित अध्यक्षलगायतका पदाधिकारीलाई निर्वाचन अधिकृत एवम् पूर्व अध्यक्ष जुनकुमारी बुढा मगरले सपथ खुवाउनुभएकाे थियाे।

उक्त अवसरमा दाङ महिला जेसीज २०२६ का लागि निर्वाचित अध्यक्ष अर्चना शर्माले वर्ष २०२६ का लागि महासचिवमा बसन्ती सुवेदी, कोषाध्यक्षमा संगीता गिरी, कानुनी सल्लाहकार लक्ष्मी चौधरी, जनसम्पर्क अधिकारीमा सुनिता अधिकारी, शाखा सम्पादकमा प्रज्ञा स्वर्णाकारलाई मनाेनित गर्नुभएकाे छ। यसैगरी, कोषबृद्धि सभापतिमा दीपा पुन, तालिम संयोजकमा रेमन्ता पुन, टिम डाइरेक्टरमा विन्दु डाँगी,  सदस्यता बृद्धि संयाेजकमा दीपा पुन, स्वास्थ्य संयाेजकमा गीता डाँगी, शिक्षा संयाेजकमा आकृति शर्मा र शाखा संयाेजकमा प्रिया रोका मगरलाई मनोनित गर्नुभएकाे छ।

सपथ ग्रहणपछि अध्यक्षीय मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष शर्माले जेसीजको विधि र विधानमा रहेर वार्षिकरुपमा विभिन्न गतिविधि सञ्चालन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगी, त्रिभुवननगर जेसीजका अध्यक्ष मिनराज भाट, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला शर्मा, दाङ महिला जेसीजका पूर्व अध्यक्ष एवं बोर्ड अफ ट्रस्टिजका अध्यक्ष बिणा बिसीलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

कार्यकारिणी उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण दाङ महिला जेसीज बर्ष २०२५ की महासचिव भिमा डिसीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस