oplus_2

घाेराही, २८ पाैष । राष्ट्रपति रनिङ सिल्ड २०८२ सञ्चालनका विषयमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएकाे छ।

घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुनकाे अध्यक्षतामा बसेकाे बैठकले माघ २७ देखि फाल्गुन १ गतेसम्म चारदिनसम्म राष्ट्रपति रनिङ सिल्ड सञ्चालन गर्ने निर्णय गरेकाे छ। खेल अवधिभर हरेक दिन बिहान दस बजेदेखि खेल सञ्चालन गर्ने प्रधानाध्यापकहरुकाे बैठकले निर्णय गरेकाे छ। सिद्ध रत्ननाथ मावि नारायणपुरकाे सभाहलमा बसेकाे बैठकले विद्यालय दर्ताका लागि माघ २० गते अपरान्ह ४ बजेसम्मकाे समय ताेकेकाे छ।

राष्ट्रपति रनिङ सिल्डमा सहभागी हुने मावि तहका विद्यालयले चार हजार र आधारभूत तहका विद्यालयले लागि दुई हजार दर्ता शुल्क बुझाउनु पर्ने बैठकले निर्णय गरेकाे छ। कक्षा १२ सम्म अध्ययनरत २०८२ चैत मसान्तसम्म अठार वर्ष ननाघेका खेलाडीहरुलाई विद्यालयहरुले खेलहरुमा सहभागी गराउन सक्ने निर्णय गरिएकाे छ।

राष्ट्रपति रनिङ सिल्डमा छात्रछात्राहरुकाे भलिबल, कबड्डी, एथलेटिक्स ट्रयाकतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार मिटर दाैड, ४ गुणा १०० र ४ गुणा ४०० मिटर रिले रहेका छन् । यसैगरी फिल्डतर्फ छात्रछात्राहरुकाे हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्राे र सटफुट रहेका छन् ।

प्रतियोगितामा मार्सल आर्ट अन्तर्गत कराँते छात्रतर्फ अन्डर ४२ केजी, ४७ केजी, ५२ केजी, ५७ केजी, ६२ केजी र एकल काता रहेका छन् भने छात्रातर्फ अन्डर ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र एकल काता रहेका छन् । त्यसैगरी तेक्वान्दो छात्रतर्फ अन्डर ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी र एकल पुम्से रहेका छन् भने छात्रातर्फ अन्डर ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी र एकल पुम्से रहेका छन् ।

सिद्ध रत्ननाथ मावि नारायणपुरले सञ्चालन गर्न लागेकाे उक्त रनिङ सिल्डमा उसु अन्तर्गत थाओलुतर्फ छात्रछात्राहरुकाे चाङ क्वान, नान क्वान र ताइजी क्वान रहेका छन् भने सान्साैतर्फ छात्रछात्राहरुकाे ४२ केजी, ४५ केजी र ४८ केजीमा खेलहरु हुने संयाेजक पुनले जानकारी दिनुभयाे ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुकाे उपस्थिति रहेकाे बैठकमा आयाेजक विद्यालय सिद्ध रत्ननाथ मावि नारायणपुरका प्रधानाध्यापक उत्तम खनालले बैठककाे विषयवस्तुका बारेमा जानकारी गराउनु भएकाे थियाे भने शिक्षक युवराज बस्नेतले बैठककाे सहजीकरण गर्नुभएकाे थियाे । यस वर्षकाे राष्ट्रपति रनिङ सिल्ड घाेराही १० नारायणपुरस्थित विपि बाटिकाकाे खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस