घाेराही, १० माघ । घाेराही उपमहानगरपालिका १२ हापुर तुलसीगञ्जमा रहेकाे सनराइज एकेडेमीले १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ।
माघ ११ गते आइतबार आफ्नाे १५ औं वार्षिकोत्सव मनाउन लागेकाे सनराइज एकेडेमीले शनिबार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । शिक्षासँगै समाज र मानव सेवाप्रति उत्तरदायी भूमिका निर्वाह गर्न विद्यालयले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे विद्यालयका प्रिन्सिपल टिकाराम केसीले बताउनुभयाे ।
रक्त सञ्चार केन्द्र घाेराहीकाे प्राविधिक सहयाेग तथा सनराइज एकेडेमीको आयाेजनामा सञ्चालित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । यसरी रक्तदान गर्नेहरुमा विद्यालयका प्रिन्सिपल टिकाराम केसी, भाइस प्रिन्सिपल बुद्धिराज ओली, शिक्षकहरु नारायण शाक्य, कमल रावत, पुरन घर्ती, राेहित बस्नेत, मिना बिक, एलिशा श्रेष्ठ, अनिता ओली रहनुभएकाे छ। यसैगरी, विद्यालयका सञ्चालकहरु चुडामणि बिक, यज्ञबहादुर बस्नेत, तुलसीराम राेका, कर्मचारी चन्द्रा पुन, अभिभावकहरु शिशिर मल्ल, देवा थापा, विष्णु केसी कार्की, सञ्जिव केसी र फ्लेम इन्स्टिच्युटका प्रमुख प्रमाेेद चाैधरीले रक्तदान गर्नुभएको थियाे ।
१५ औं वार्षिकोत्सवका अवसरमा विद्यालयले माघ ६ गतेदेखि विभिन्न खेलकुद सप्ताह समेत सञ्चालन गरेकाे थियाे । शनिबार खेलकुद सप्ताहकाे समापन गर्दै विद्यालयले विभिन्न खेलकुद प्रतियाेगिताका विजयी छात्रछात्राहरुलाई प्रमाणपत्र तथा पदक प्रदान गरेकाे छ।
आइतबार आयाेजित वार्षिकोत्सव समाराेहमा उपस्थितिका लागि विद्यालयका प्रिन्सिपल केसीले अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरुलाई अनुराेध गर्नुभएको छ।












