घाेराही, २१ माघ । घाेराही उपमहानगरपालिका वडा नं. १३ बडहरामा रहेकाे प्रज्ञान एकेडेमीले कबड्डी प्रतियाेगिता सम्पन्न गरेकाे छ।

प्रज्ञान एकेडेमीले आफ्नाे प्रथम वार्षिकोत्सवका अवसरमा घाेराही उपमहानगरपालिका मावि स्तरीय छात्रा कबड्डी प्रतियोगिता आयाेजना गरेकाे हाे । घाेराही उपमहानगरपालिकामा रहेका ११ ओटा विद्यालयहरु सहभागीता रहेकाे प्रतियोगितामा सरस्वती मावि काठेकाेहल भरतपुर विजेता भएकाे छ। उक्त प्रतियोगितामा गाेर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घाेराही द्वितीय र सनराइज एकेडेमी हापुर तृतीय भएकाछन् ।

प्रज्ञान एकेडेमी बाेर्ड अफ डाइरेक्टरका अध्यक्ष आइतमाली बिककाे अध्यक्षता एवम् घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुनकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियोगिताका विजेतालाई नगद छ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । यसैगरी फस्ट रनर अपलाई नगद चार हजार, मेडल, ट्रफि र प्रमाणपत्र र सेकेन्ड रनर अपलाई नगद तीन हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

प्रतियोगिताकाे अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने सरस्वती माविकी सिम्रन राना मगरलाई नगद एक हजार र ट्रफि सहित प्लेयर अफ द टुर्नामेन्टकाे उपाधि प्रदान गरिएकाे थियाे । यसैगरी बेस्ट रेडरकाे उपाधि गाेर्खा माविकी जेलिशा तामाङले हात पारेकी थिइन भने बेस्ट डिफेन्डरकाे उपाधि सरस्वती माविकी सुप्रिया केसीले हात पारेकी थिइन । पुरस्कार वितरण समाराेहमा तामाङ र केसीलाई नगद पाँच सय र ट्रफि प्रदान गरिएकाे थियाे । खेल अवधिभर रेफ्रीकाे भूमिकामा माया खड्का, अमृता ओली र राम रावत रहनुभएकाे थियाे ।

प्रज्ञान एकेडेमीका प्रिन्सिपल विरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरु भएकाे प्रतियोगिताकाे समापन समाराेहमा घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र पुन र प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रमकाे सहजीकरण विद्यालयका भाइस प्रिन्सिपल नवराज खत्रीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस