दाङ, १५ फागुन । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति आपत्ति जनाउनु भएकाे छ।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको संकेत भएको उल्लेख गर्नुभएकाे छ।
“चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन-यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो”, पाेखरेलले भन्नुभयाे ।
उहाँले नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनु भएकाे छ । चुनावजस्तो संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो भन्ने प्रश्नसमेत उहाँले उठाउनु भएकाे छ ।
पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताउनु भएकाे छ । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उहाँको धारणा छ ।
“हामीले बुझ्नुपर्छ: लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ-सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ”, उहाँले लेख्नु भएकाे छ।
भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिन सचेत रहन, तथ्य जाँच्न र राष्ट्रिय हितको पक्षमा उभिन उहाँले आह्वान गर्नुभएकाे छ ।












