दाङ, ४ चैत्र । घोराही उपमहानगरपालिका ६ चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। उक्त क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या रहेकाे छ ।

व्यवस्थितरुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङकाे काम रोकिएकाले स्थानीयबासीले पिउने पानीको समस्या बेहोर्नु परेको चैनपुर खानेपानीका अध्यक्ष हेमराज ओलीले जानकारी दिनुभयो । यस विषयमा अभियानको तर्फबाट डिभिजन खानेपानी कार्यालयलाई जानकारी गराइएको भए पनि कामलाई पूर्णता दिनका लागि घोराही बनाउँ अभियानको टोलीले बिहीबार डिभिजन खानेपानी कार्यालयमा ज्ञापनपत्र बुझाउन लागिएकाे अभियानका संयोजक सबिन प्रियासनले जानकारी दिनुभयो।

उक्त क्षेत्रमा पिउनेपानीको समस्याका कारण स्थानीयबासीहरू टाढाटाढासम्म पानीको जोहो गर्न जानु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस