दाङ, ५ जेठ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा शंकर गौतम र निमबहादुर चौधरी विजयी हुनुभएको छ।

आज सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा निमबहादुर चौधरीले २१८ मत प्राप्त गरी  उपाध्यक्षमा विजयी हुनुभएको हो भने अर्का उपाध्यक्षमा शंकर गौतम १९२ मतसहित निर्वाचित हुनुभएको छ।

त्यसैगरी उपाध्यक्ष पदकै प्रतिस्पर्धी सरस्वती खत्रीले १३२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा कुल ४४९ जना मतदाता रहेकोमा २९९ मत खसेको थियो। खसेका मतमध्ये २ मत बदर भएको बताइएको छ। यसअघि नै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा गणेश कुमार अधिकारी, सचिवमा विष्णुराम आचार्य तथा कोषाध्यक्षमा बोधिलाल शर्मा निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यसैगरी समितिका सदस्यहरूमा विवेक श्रेष्ठ, धनपती शर्मा, बलिराम भुसाल गाेपाल, कमलराज अधिकारी, रेव बहादुर बुढाथोकी, फनबहादुर डाँगी, ऋषिदेव शर्मा, ध्रुव नेपाली, शारदा पोख्रेल, केशवराज विसी, जमुना पोख्रेल, गणेश नेपाली र शरदकुमार आचार्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयाेजक माैसम आचार्यले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस