Oplus_131072

दाङ,२६ जेठ । दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर १ स्थित श्री अम्बिका माध्यमिक विद्यालय हर्नोक दाङमा बाल क्लब पूनर्गठन गरिएको छ ।

विद्यालयमा विद्यार्थीहरूको नेतृत्व क्षमता विकास गर्ने, बालअधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा विद्यालयका विभिन्न गतिविधिमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको विद्यालयले जनाएको छ। बाल क्लबमार्फत विद्यार्थीहरूमा जिम्मेवारी बोध, अनुशासन, सहकार्य, सिर्जनशीलता र निर्णय क्षमताको विकास हुने विश्वास गरिएको छ। साथै विद्यालय तथा समुदायमा हुने शैक्षिक, सामाजिक, वातावरणीय तथा सचेतनामूलक कार्यक्रमहरूमा विद्यार्थीहरूको सक्रिय भूमिका बढाउन समेत बाल क्लब गठन गरिएको बताइएको छ।

विद्यालयका अनुसार बालक्लबले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास तथा बालमैत्री शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बाल क्लबका सचिव सिम्रन परियारको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको विद्यार्थीहरूको भेलाले १३ सदस्यीय बाल क्लब पूनर्गठन गरेकाे हाे ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये बाल क्लबमा बस्न इच्छुक ५१ जना विद्यार्थीहरूको उपस्थितिमा बाल क्लब गठन गरिएको हो । पूनर्गठित बाल क्लबको अध्यक्षमा सिम्रन परियार, उपाध्यक्षमा प्रशान्त न्याैपाने, सचिवमा शिला पुन मगर, कोषाध्यक्षमा एलिसा बुढा मगर, सहसचिवमा करिश्मा घर्तिमगर, सदस्यमा ग्रीष्मा थापा, समीक्षा खड्का, दीपक भण्डारी, हिमन्त ओली, ऋतु खत्री, नवीन खत्री बि, तिलक नेपाली र बिकी कँवर रहनुभएको छ ।

बाल क्लबको संरक्षक शिक्षकमा शिक्षक विमल योगी रहनुभएको छ । नवगठित बाल क्लबलाई विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुन, सहायक प्रधानाध्यापक हरिबहादुर विष्ट, मावी डाडागाउँ गोग्लीका शिक्षक सतिस कुमार आचार्यलगायत सम्पूर्ण शिक्षक कर्मचारीहरूले शुभकामना दिनुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस