दाङ, ३१ जेठ। विश्व रक्तदाता दिवसका अवसरमा दाङ महिला जेसिजद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

प्रतिष्ठानमा उपचार गराउन आएका २५० जना जति बिरामीलाई महिला जेसिजले फलफुल, जुस एवम् पानी वितरण गरेको थियो।

दाङ महिला जेसिजकी कार्यवाहक अध्यक्ष जेसी भीमा डिसीको अध्यक्षता, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान इमर्जेन्सीका प्रमुख डाक्टर मदन थपलियाको प्रमुख आतिथ्यता, एवम् बयालडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, त्रिभुवननगर जेसिजका अध्यक्ष जेसी मिनराज भाटलगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले दाङ महिला जेसीजले सामाजिक एवम् परोपकारी कामहरु गर्दै आएकोमा प्रशंसा गरेका थिए।

कार्यक्रम संयोजक जेसी विन्दु डाँगीको स्वागत मन्तव्य, जनसम्पर्क अधिकारी जेसी सुनिता अधिकारीको जेसीज आस्था पाठबाट सुरु भएको कार्यक्रमकाे महासचिव जेसी बसन्ती सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

सो अवसरमा सहभागी सबैले प्रतिष्ठानको विभिन्न वार्डको कोठा कोठामा पुगेर बिरामीहरुलाई फलफुल, जुस एवम् पानी वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस