घोराही, १६ साउन । दाङको घोराही-१५ स्थित गोर्खा पब्लिक हस्पिटल प्रा. लि. ले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ । हस्पिटलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ लाख १ हजार १ सय ११ रुपैयाँ रकम जम्मा गरी बाढीपीडितलाई सहयोग गरेको हस्पिटलका प्रबन्ध निर्देशक दिनेश आचार्यले जानकारी दिनुभयो ।

विपद्को यस घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले हिमालयन बैंक लि. घोराही शाखाको चेक मार्फत सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। सामाजिक उत्तरदायित्व बहन गर्दै हस्पिटलले विभिन्न समयमा पर्ने प्राकृतिक विपद्का बेला यस्ता सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस