घोराही, १७ भदाै। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि घाेराही १४ नयाँ बजारमा रहेकाे स्टार इङलिस बाेर्डिङ सेकेन्डरी स्कुलले प्रधानमन्त्री विपद् राहत कोषमा आर्थिक सहयोग गरेको छ।
विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बाढीबाट प्रभावित विभिन्न जिल्लाका पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रु. ५३ हजार ७ सय १५ रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल चित्र बहादुर घर्तीले जनाकारी दिनुभएकाे छ ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरुले स्वच्छिकरुपमा सहयाेग रकम सङ्कलन गरि विद्यालयलाई रकम हस्तान्तरण गरेका थिए । विद्यालयले थप रकमसहित प्रधानमन्त्री विपद् राहत काेषमा उक्त रकम जम्मा गरिएकाे हाे ।












