गोकर्ण पौडेल
तुलसीपुर, २६ असाेज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्न मातृशक्तिकाे भूमिका महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै मौलिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिनुभयो।

नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्र समाज समृद्ध नहुने बताउनुभयो। उहाँले सूचना र प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई जीवन्त राख्नुपर्ने बताउनुभयाे ।

उहाँले आमाले सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताउनुभयो। राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाकाे महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उल्लेख गर्नुभयो।

नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा सम्पन्न भयाे । नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथाेकीकी आमा रेश्मीकुमारी बुढाथाेकीकाे असाेेज १४ गते ८१ वर्षकाे उमेरमा उपचारकाक्रममा निधन भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस