घोराही, २६ असोज । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले स्थानीयस्तरमा व्यवसाय सञ्चालन हुनु आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले स्थानीय उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्न सके बजारको विकाससँगै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
‘स्थानीय क्षेत्रमा नयाँ व्यवसाय सञ्चालन हुनु सकारात्मक कुरा हो। यस्ता व्यवसायले उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छन्,’ उहाँले भन्नुभयो, ‘व्यवसायलाई गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ।’
अजिता कलेक्सन एण्ड कस्मेटिकमा महिला, पुरुष तथा बालबालिकाका लागि आवश्यक विभिन्न प्रकारका फेन्सी कपडाहरू उपलब्ध रहेको सञ्चालक सरोज केसीले जानकारी दिनुभयो। ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर विभिन्न प्रकारका कपडा तथा जुत्ताहरू बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो।
उद्घाटनको अवसर पारेर ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको सञ्चालक केसीले जानकारी दिनुभयो। साथै, नेपालीहरूको महान् चाड दसैँ, तिहारलाई लक्षित गरेर पनि कपडा तथा जुत्ताहरूमा छुटसहित बिक्री भइरहेको उहाँले बताउनुभयो।
‘ग्राहकलाई एकै ठाउँबाट आफू तथा परिवारका सदस्यका लागि आवश्यक कपडा र जुत्ताहरू छनोट गर्न सहज होस् भन्ने उद्देश्यले व्यवसाय सुरु गरेका हौँ,’ सञ्चालक केसीले भन्नुभयो, ‘ग्राहकको चाहना, गुणस्तरीय सामग्री र सन्तुष्टिलाई ध्यानमा राखेर व्यवसायलाई अघि बढाउने हाम्रो लक्ष्य छ।’
दसैँतिहारको समयमा नयाँ कपडा तथा जुत्ता खरिद गर्ने ग्राहकलाई लक्षित गरी उपलब्ध गराइएको छुटले उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वका बेला बजारमा किनमेलको चहलपहल बढ्ने भएकाले ग्राहकको आवश्यकताअनुसारका सामग्री उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको सञ्चालकको भनाइ छ।
कार्यक्रमको सहजीकरण डाक्टर लोकराज पराजुलीले गर्नुभएको थियो।












