घाेराही, २९ असाेज । घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयले विजयादशमी, दीपावली तथा छठ पर्वकाे अवसरमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर कमिटीका प्रेस संयाेजक महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा बाेल्ने वक्ताहरुले हरेक नेपालीहरुबीच चाडपर्वले सदभाव, आत्मियता र एकता कायम गर्ने भएकाले भावी पुस्तालाई पनि हाम्रा माैलिक पर्वहरुकाे महत्व बुझाउनुपर्ने बताए । उनीहरुले विद्यार्थीहरुकाे सर्वाङ्गिण विकासका लागि सबैपक्ष संवेदनशील बन्नुपर्नेमा जाेड दिए ।

विजयादशमी तथा दीपावलीकाे शुभकामना व्यक्त गर्दै वक्ताहरुले विद्यालयले छाेटाे समयमै उल्लेखनीय प्रगति र प्रशंसनीय कार्य गर्दै आएकाले अभिभावककाे विश्वासलाई हृदयाङ्गण गर्दै अगाडि बढ्न उत्प्रेरित गरेका थिए । विद्यालय आफैमा नमुना रहेकाे भन्दै शिक्षा तथा सामाजिक क्षेत्रमा नमुना याेग्य विद्यालयका रुपमा स्थापित गर्न सञ्चालक, प्रशासन, शिक्षक, कर्मचारी र अभिभावकहरु लाग्न वक्ताहरुले सुझाएका थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल बिष्णु हमालले विद्यालयले छ कठ्ठा जग्गा भाडामा लिइसकेको र १२ काेठे पक्की भवनकाे निर्माणकाे कार्य दशै लगत्तै शुभारम्भ हुने जानकारी दिनुभयाे । उहाँले नयाँ शैक्षिकसत्रदेखि सुविधासम्पन्न नयाँ भवनबाटै कक्षा सञ्चालन हुने पनि बताउनुभयाे । बिद्यार्थीहरुकाे शैक्षिक गुणस्तरलाई प्राथमिकता दिन एउटा कक्षामा २० देखि २२ जनामात्र विद्यार्थी राखिने प्रिन्सिपल हमालले बताउनुभयाे ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्याब्सन घाेराही नगर कमिटीका प्रेस संयाेजक महेश बस्नेत, निवर्तमान सदस्य पदम गिरी, विद्यालयका शेयर सदस्य केशब रिजाल, अभिभावकहरु किरण ओली, सनम केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । उक्त अवसरमा विद्यालयका विविध पक्षमा महत्त्वपूर्ण याेगदान पुर्याउनुभएकाे भन्दै भाइस प्रिन्सिपल भारती घर्ती मगरलाई दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएकाे थियाे । यसैगरी कक्षा ३ का छात्राहरु आरुषी ओली, श्रृषा भट्टराई, लियुना बुढा, शिक्षक तथा अभिभावकहरुले नृत्य प्रस्तुत गर्नुभएकाे थियाे ।

उक्त अवसरमा विद्यालयले अभिभावकहरुकाे कुर्सी दाैड प्रतियोगिता समेत सञ्चालन गरेकाे थियाे । प्रतियोगितामा श्रृजना बुढा मगर प्रथम, सनम केसी द्वितीय र रमिता ओली तृतीय हुनुभएको थियाे भने विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएकाे थियाे ।
विद्यालयकी भाइस प्रिन्सिपल भारती घर्ती मगरकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षिका सामना थापाले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस