दमक, २० कार्तिक । बालेन सरकारले पश्चिममा शक्तिहरुकाे स्वार्थ पुर्ति गर्न सकेनन भने उनीहरूले नै याे सरकारलाई विघटन गरि दिने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्दीय उपाध्यक्ष राम बहादुर थापा(बादल)ले बताउनु भएको छ ।

नेकपा (एमाले) दमक नगर कमिटीको आयोजनामाआज पार्टी कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्‍याउनुहुने सहयोगदाताहरूलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वाेधन गदै केन्द्रीय उपाध्यक्ष थापाले साे कुरा बताउनु भएको हाे ।

एमाले दमक नगर अध्यक्ष राम प्रसाद पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रमलाई नेता थापाले सम्वाेधन गदै एमाले ,कागेस ,तत्कालीन माआेवादी लगायतका दलले पश्चिमी शत्तिकाे स्वार्थ पूरा नगरेपछि उनीहरूकाे पार्टी कार्याालय र नेता कार्यकर्ताकाे घर भवन जलाएर ध्वस्त परेकाे बताउनुभयाे ।

पश्चिमी शत्ति सदाम हुसेन ,विमलादेन आफैले उठाएर पछि वाधक बनेपछि पश्चिम शत्तिले खतम पारेको उदाहरण उहाँले पेश गर्नुभयाे ।

कार्यक्रममा पार्टी कार्याालय स्थापनाकाे सहयोग गर्ने दाता तथा गत २०८२भदौ २४गतेकाे जेनजी ताेडफाेडपछि ध्वस्त पार्टी कार्याालय पुनः निमार्णमा सहयोग गर्ने दाताहरू नेता कार्यकर्ता र शुभेच्छुकलाई सम्मान पत्र प्रदान गरिएको थियाे ।

साेही कार्यक्रममा दमक ९ मा रहेकाे पार्टी कार्याालय निमार्णका लागि जग्गा दान दिने दाताहरू लक्ष्मी प्रसाद बराल,लक्ष्मी देवी बराल,खेम बराल र दिपा दाहाल बराललाई प्रमुख अतिथि नेता थापाले सम्मान गर्नु भएको छ ।

कार्यक्रममा एमाले काेशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनः निर्माण समिति संयाेजक अम्बिका खनालले पुनः निर्माणकाे विषयमा जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस