जेठ २०, काठमाडौं

दलहरूबीच सहमति नजुटेकाले प्रतिनिधिसभाको आज मंगलबारकाे बैठक बस्न नपाउँदै भाेलि बुधबार दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएको छ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसी दिउँसो २ बजेसम्मका लागि सारिएको थियो। तर, सहमति नजुटेपछि पुनः भोलिसम्मका लागि स्थगित गरिएको हो।

गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरू—नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतले संसद् अवरुद्ध गर्दै आएका छन्। उनीहरूले ‘भिजिट भिसा प्रकरण’ मा गृहमन्त्रीको जिम्मेवारी उठाएका छन्।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने गृहमन्त्रीलाई संसद्मा आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने अडान लिएका छन्।

यसअघि आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको प्रतिपक्षी दलहरूको बैठकले श्रम ऐन, २०६४ लागू भएदेखि हालसम्मको भिजिट भिसा सम्बन्धी विषयमा छानबिन समिति वा आयोग गठन गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस