काठमाडौँ, जेठ २७ । आज  मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।

हिजो अर्थात् सोमबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको २ हजार १ सय ५० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस