असार ०२, इजरायल र इरानबीचको आक्रमणक्रम तीव्र बन्दै गएका बेला दुबै देशका नेताहरूले एकअर्काविरुद्ध थप बदलाको चेतावनी दिएका छन्, जसले द्वन्द्व अझै चर्किने संकेत देखिएको छ।

इजरायलले गएको शुक्रबार इरानका आणविक संरचना, सैनिक अड्डा र जनघनत्वयुक्त क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको थियो। त्यसको जवाफस्वरूप इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत कडा प्रतिक्रिया दिएको छ।

बीबीसीका अनुसार, हिजो भएको इजरायली आक्रमणमा इरानको सशस्त्र बलअन्तर्गतको गुप्तचर एकाइका प्रमुखको मृत्यु भएको छ।

इरानको प्रतिआक्रमणपछि १० जनाभन्दा बढी इजरायली नागरिक घाइते भएका छन्। आक्रमण रोक्नका लागि विभिन्न स्तरमा छलफल भइरहे पनि इरानले जारी आक्रमणबीच कुनै युद्धविराम वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस