विमल याेगी
दाङ,२८ असार । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा लाेकभजन प्रतियाेगिता सञ्चालन हुने भएकाे छ ।
साउनकाे १ गतेदेखि ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा लाेकभजन प्रतियोगिता सञ्चालन गरिने भएको हाे । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दाेस्राेलाई १० हजार र तेस्राेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन साउन २ गतेदेखि टिम दर्ता गराउन सकिनेछ । लाेकभजनलाई सम्वर्धन गर्नका लागि साे प्रतियोगिता सञ्चालन गर्न थालिकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुराम आचार्यले जानकारी दिनुभयाे ।
शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा बिहान ४ बजेदेखि ७ बजेसम्म नित्य पुँजा, बिहान ७ बजेदेखि १० बजेसम्म बिशेष पुँजा, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, लाेकभजन प्रतियोगिता,बेलुकी ७ बजेदेखि ८ बजेसम्म नित्य आरति, ८ बजेदेखि ९ बजेसम्म श्रृङ्गारिक आरती र राति ९ बजेदेखि १०:३० बजेसम्म प्रवचन र झाँकी प्रस्तुत हुने समितिले जनाएकाे छ ।
साउन १ गते बिहीबारदेखि सुरु हुने शिवपुरण तथा श्रृङ्गारिक महाआरतीकाे तयारी तिव्र पारिएको समितिले जानकारी दिएकाे छ ।












