विमल योगी
दाङ,२३ साउन । दाङको घोराही उप महानगरपालिकामा करिव ६१ करोड भन्दा बढि रकम सामाजिक सुरक्षा भत्तामा खर्च हुदै आएको छ । आर्थिक बर्ष २०८१।०८२ को तथ्याङ्क अनुसार १७ हजार बढि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले सो रकम बुझेका हुन् ।
सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाले घोराहीमा आयोजना गरेको व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणाली सम्वन्धि तालिममा बिभिन्न समुहका लाभग्राहीले ६१ करोड २३ लाख १० हजार चार सय ६६ रुपैया भत्ता बुझेको जानकारी दिइएको हो । जस अनुशार आर्थिक बर्षको अन्तिम त्रैमासिकमा आठ हजार पाँच सय आठ जना जेष्ठ नागरिकहरुले १० करोड १० लाख ७० हजार चार सय सत्र रुपैया, एक हजार २० जना दलित जेष्ठ नागरिकहरुले ६९ लाख ९२ हजार ६ सय ९९ रुपैया, तिन हजार तिन सय २३ जना विद्यवा महिलाले २ करोड ६३ लाख १२ हजार एक सय १९ रुपैया सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।
यस्तै पाच सय ५६ जना पूर्ण अपाङ्गले ५६ लाख ४८ हजार दुई सय ४४ रुपैया, नौ सय ९९ जना अति अशक्त अपाङ्गले ६३ लाख २० हजार एक सय ६० रुपैया,एक हजार सात सय ५८ जना दलित बालबालिकाले २६ लाख ९० हजार आठ सय २३ रुपैया पोषण भक्ता,एक हजार ८८ जना एकल महिलाले ८६ लाख ६३ हजार तीन सय ६३ र ३२ जना लोपउन्मुख जातिले तीन लाख ८३ हजार चालिस रुपैया भत्ता बुझेको शाखा प्रमुख दिवाकर योगीले जानकारी दिनुभयो ।
चारदिन सम्म चलेको तालिम समापन कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरी तालिमले कर्मचारीको क्षमता विकास संगै काम गर्ने शैलीमा सुधार संगै उर्जा थप्ने काम गर्ने भन्दै नागरिकलाई खुसी बनाउने किसिमले काम गर्न निर्देशन दिनुभयो । जनताको सवै भन्दा नजिकको सरकार वडा रहेकाले जिम्मेवार र गुणस्तरीय सेवा दिन आग्रह गर्दै उहाँले सामाजिक सुरक्षा भत्ता दर्ता,नविकरण र प्राप्तिका सवालमा आइपर्ने विविध समस्या समाधान गरी लाभग्राही संतुष्ट हुने किसिमले काम गर्न अनुरोध भयो ।
नगरलाई समृद्ध बनाउन राजश्वको महत्त्वपूर्ण हुने भन्दै उहाँले प्रत्येक वडाले योजना बनाई राजश्व बृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । अहिले पनि बजार तथा गाउमा धेरै व्यवासयी दर्ता प्रक्रियामा नआउदा लाखौ राजश्व गुमिरहेको भन्दै ति व्यवसायीलाई करको दायरामा ल्याउन लागिपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले सेवा प्रबाहमा एकरुपता र उत्कृष्टता प्रदान गर्न आग्रह गर्नुभएको छ । कर्मचारीहरुको व्यवहार र सेवा छिटोछरितोमा नै नगरको समग्र सेवा प्रबाह देखिने उहाँको भनाई छ । तालिममा सहभागि वडा नम्बर १६ का सचिब तेजा गैरेले स्थानीय सरकारको आधार नै वडा कार्यालयबाट प्रबाह हुने सेवा भएकाले यस्ता तालिम र क्षमता विकासका कार्यक्रमले काममा चुस्तता ल्याउने उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष, वडा सचिव र अनलाइन मार्फत व्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षाको काम गर्ने कर्मचारी गरी ६० जनाको सहभागिता रहेको तालिममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा, शाखा प्रमुख दिवाकर योगी, एम.आइर्.एस. अपरेटर विराज अधिकारी लगायतले सहजीकरण गर्नुभएको थियो ।












