प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।
हिजोदेखि शुरू भएको ‘जेन जी’ पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।
जेनजीको आन्दोलन चर्कंदै गएको छ। प्रदर्शनकारीहरू सिंहदरबार, संघीय संसद परिसरलगायत क्षेत्रमा पुगेका छन् भने नेताहरूको घर पनि आगजनी गरेका छन्।












