भरत वली
राेल्पा, ९ असाेज । रोल्पा जलजला यातायात प्रा. लि.द्वारा चाडपर्वका अवसरमा विशेष सेवा सञ्चालन हुने भएकाे छ । यात्रुहरूका सुविधा आवश्यकतालाई मध्यनजर गर्दै रोल्पा जलजला यातायात प्रा. लि.ले बडा दशैँ, दीपावली र छटपर्वको अवसरमा विशेष बस सेवा सञ्चालन गर्न लागेको जानकारी गराएको छ। राेल्पा जलजला यातायात प्रा.लि.का अनुसार लिवाङ–काठमाडौं मार्गमा सुविधा सम्पन्न सुत्ने बस (एसी बस) सेवा प्रदान गरिने छ।
साथै, रोल्पा जिल्लाका विभिन्न स्थानहरूबाट लिवाङ, टिला हुँदै दाङ घोराही, लिवाङ–सुलीचौरदेखि घोराही, बुटवल, नेपालगञ्ज रूटमा ईभी हाईस र नाइट बसमार्फत सेवा दिइरहेको जनाएको छ। सहिदमार्ग रूटअन्तर्गत काठमाडौँ–बागमारा–दाङ–घोराही, रुकुम, थवाङ, बागमारा लगायत जिल्लाका अन्य स्थानहरूमा बस तथा जिपमार्फत पनि सेवा दिइने जानकारी गराएको छ।
यात्रीहरूले यस अवसरमा सेवा सुविधा लिन सक्ने र आवश्यक जानकारीका लागि कार्यालय सम्पर्क गर्न सकिने कार्यालयले जानकारी गराएको छ।












