ClsKUlNuYXBjaGF0LzEzLjYwLjAuNTcgKFJNWDM0NzI7IEFuZHJvaWQgMTQjUy4xY2E1NzVkXzViOS0xMWNmYmIjMzQ7IGd6aXApIFYvTVVTSFJPT00Qo9XU6ugB

घाेराही, १२ असाेज । विविध कारणले फाटिएका मनहरु चाडपर्वमा जाेडिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन् ।

एकआपसमा सिर्जित मनमुटाव, रिसरागका भावनाकाे अन्त्य गर्दै चाडपर्वमा आपसी मेलमिलाप, सद्भाव कायम गर्न आ-आफ्ना तर्फबाट सबै लाग्नुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले घाेराही १३ बाह्रकुने दहमा आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा प्रिन्सिपलहरुकाे वनभाेज कार्यक्रममा बाेल्ने वक्ताहरुले यस्ताे जाेड दिएका हुन् ।

प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य रेशम बहादुर बुढाले जेएनजी आन्दाेलनमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुलुककाे राजनैतिक अवस्था फरक भएकाले निजी विद्यालयहरुले देश विकासमा गुणस्तरीय शिक्षामार्फत टेवा पुर्याउन आग्रह गर्नुभयाे।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य महेन्द्र अधिकारी, प्रदेश उपाध्यक्ष अमर सुवेदी, जिल्ला सचिव आदिम केसी, लमही नगर अध्यक्ष नारायण भुषाल लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । प्याब्सन घाेराहीमा आबद्ध विद्यालयका प्रिन्सिपलहरुकाे उपस्थिति रहेकाे शुभकामना तथा वनभाेज कार्यक्रममा प्रिन्सिपलहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा प्रिन्सिपलहरुले गीत, गजल, कविता, मुक्तक तथा नृत्य प्रस्तुत गर्नुभएकाे थियाे।

प्याब्सन घाेराहीका उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस