घाेराही, १४ असाेज । माध्यमिक विद्यालय हापुर बिजाैरी दाङका पूर्व विद्यार्थीहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ। बडा दशैं, दीपावली, नेपाल सम्वत र छठ पर्वका अवसरमा समाजले विद्यालयकाे सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे ।
पूर्व विद्यार्थी समाज हापुर बिजाैरी माविका अध्यक्ष विष्णु हमालकाे अध्यक्षता एवम् वडा नं. १२ का अध्यक्ष द्राेण बहकरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा वडा अध्यक्ष बहकरीले विद्यालयको समग्र विकासका लागि पूर्व विद्यार्थी समाजको अपरिहार्यता रहेको बताउनुभयो । उहाँले समाजलाई तत्काल दर्ता गरि आधिकारिकरुपमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग मिलेर गुणस्तर सुधारमा अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माले विद्यालयमा विद्यार्थीहरुको सर्वाङ्गिन विकासका निमित्त गीत, सङ्गीत पनि महत्त्वपूर्ण रहेकाे बताउनुभयो । उहाँले विद्यालयलाई आवश्यक पर्ने सङ्गितका सामाग्रीहरुको व्यवस्थापनको लागि पहल गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै समाजका अध्यक्ष विष्णु हमालले विद्यालयको समग्र विकास र शैक्षिक गुणस्तर सुधारमा पूर्व विद्यार्थीहरुको गतिविधि र प्रेरणाले ठूलो महत्त्व राख्ने भएकाले सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने कुरा बताउनुभयो। कार्यक्रममा मावि हापुरका पूर्व विद्यार्थीहरु केशव गिरी, कृष्णदेव थापा, अमृत घर्ती, प्रेम शर्मा, श्याम कुमार गिरी, विद्यालयका शिक्षक नरेश खड्का, त्रिभुवननगर जेसीजका प्रवक्ता किरण न्याैपानेलगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
कार्यक्रममा कक्षा १० का छात्राहरु सुष्मी घर्ती, मनसरी राना, सजना श्रेष्ठ, सलिना थापा, शान्ति रोका र अनुस्का नेपालीले नृत्य प्रस्तुत गरेेका थिए । कार्यक्रमकाे सहजीकरण समाजका सचिव दिनेश आचार्यले गर्नुभएकाे थियाे ।












