घाेराही, ३१ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र दाङकाे समिक्षा बैठक सम्पन्न भएकाे छ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको असाेज २६ गते घाेराहीमा भएकाे शान्तिपूर्ण जनजागरण अभियानका विषयमा जनवर्गीय संगठनका इन्चार्ज तथा संयाेजकहरुसँग पार्टी कार्यालयमा समिक्षा गरिएकाे थियाे । समिक्षा बैठकमा जनवर्गीय संगठनका इन्चार्ज तथा संयाेजकहरुले अभियान सफलतापूर्वक सम्पन्न भएकाे बताएका थिए । जनअपेक्षाभन्दा धेरै जनसहभागीता र अभियान शान्तिपूर्ण रहेकाे वक्ताहरुले दाबी गरेका थिए ।
उनीहरुले अभियानका क्रममा केही कमजोरी भएतापनि आगामी दिनमा पार्टीका गतिविधिलाई तल्लाे तहसम्म अझ सशक्त र व्यापक बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले पार्टीका तल्लाेतहका कमिटी र जनवर्गीय संगठनलाई प्रशिक्षित गर्दै एमाले विरुद्धका भ्रमहरुलाई चिर्न पार्टी नेतृत्वलाई सुझाएका थिए । भाद्र २३ गतेकाे जेनजीकाे आन्दाेलनका माग जायज भएतापनि उक्त आन्दाेलनलाई कमजाेर बनाउन र अराजकतातर्फ धकेल्न नियाेजितरुपमा केही तत्त्वहरु सक्रिय भएकाे उनीहरुले बताएका थिए ।
बैठकलाई सम्वाेधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य छविलाल ओलीले देशभक्त जेनजीले सिंहदरबार र सर्वाेच्च अदालत जलाउन नसक्ने भन्दै उक्त आन्दोलनमा घुसपैठ गरि राज्यका सम्पत्ति जलाउने र ताेडफाेड गर्ने अराजक तत्वहरुलाई कानुनी कारबाही गर्न माग गर्नुभयाे ।
यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले चीनविरुद्धका गतिविधि सञ्चालन गर्न नेपाललाई प्रयाेग गर्नेगरी अमेरिका, केही युरोपेली राष्ट्र र तिब्बती धर्मगुरुहरुकाे याेजना मुताबिक जेनजी आन्दोलनमा घुसपैठ भएकाे बताउनुभयाे ।
बैठकमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्यहरु टिकाराम खड्का, कुलबहादुर लामिछाने, सुरामणी बेल्वासे, लिला बिक, रामप्रसाद गैरेलगायतले सुझाबसहितका धारणा राख्नुभएको थियाे ।
बैठक जनसंगठन समन्वय संयन्त्रका संयाेजक मनाेहर बुढाथोकीकाे अध्यक्षतामा भएकाे थियाे भने सहजीकरण प्रेस चाैतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकालले गर्नुभएको थियाे ।












