काठमाण्डौँ, १ कात्तिक ।  मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । घाइतेको यकिन सङ्ख्या आइनसकेको उहाँको भनाइ छ । क्षतिको थप विवरण संकलन भैरहेको चितवन प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस