घाेराही, ४ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले मंसिर ५ गते शुक्रबार साताैँ वार्षिक साधारणसभा गर्ने भएकाे छ ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षतामा बसेकाे बैठकले साताैँ साधारणसभा मंसिर ५ गते बिहान ११ बजे हाेटल काैसीमा गर्ने निर्णय गरेकाे हाे । साताैँ साधारणसभालाई सम्बाेधन गर्न प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी आउने तयारी भएकाे अध्यक्ष ओलीले बैठकमा जानकारी गराउनुभयाे । साधारणसभामा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, निवर्तमान केन्द्रीय सचिव यादव गिरी, शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख देवमणि चाैधरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्ताेष सुवेदीसँग ‘शिक्षा क्षेत्रकाे भविष्य: जेनजी आन्दोलनपछिकाे जाेखिम, अवसर र सुधार रणनीति’ विषयक प्यानल डिस्कसन समेत गरिने अध्यक्ष ओलीले जानकारी दिनुभएकाे छ ।
प्याब्सन घाेराहीकाे साताैँ साधारणसभामा दस वर्षभन्दा बढी समय अनवरतरुपमा प्रिन्सिपलकाे जिम्मेवारी वहन गरिरहनुभएका प्रिन्सिपलहरुलाई विभिन्न पदकसहित सम्मान गर्ने निर्णय गरिएकाे छ। बैठकले दस वर्ष अनवरत प्रिन्सिपलकाे जिम्मेवारी वहन गर्नुभएका प्रिन्सिपलहरुलाई ‘समर्पण पदक २०८२’, पन्ध्र वर्षसम्म अनवरत प्रिन्सिपलकाे जिम्मेवारी वहन गर्नुभएका प्रिन्सिपलहरुलाई ‘प्रतिबद्धता ताम्र पदक २०८२’ ले सम्मान गर्ने निर्णय गरेकाे छ। यसैगरी बीस वर्ष अनवरत प्रिन्सिपलकाे जिम्मेवारी वहन गरिरहनुभएकालाई ‘गाैरव रजत पदक २०८२’, पच्चीस वर्षसम्म अनवरत कार्यरत प्रिन्सिपलहरुलाई ‘आदर्श सुवर्ण पदक २०८२’ र तीस वर्ष प्रिन्सिपलकाे जिम्मेवारी अनवरत वहन गरिरहनुभएकालाई ‘साधनाश्री महापदक २०८२’ ले सम्मान गर्ने निर्णय गरेकाे छ।

कार्यसमिति सदस्य प्रदिप राजभण्डारीले सदस्य पदबाट दिनुभएको राजिनामालाई बैठकले स्वीकृत गर्दै रिक्त पदमा भ्याली टप इङलिस बाेर्डिङ स्कुलका प्रिन्सिपल खुमबहादुर केसीलाई मनाेनित गरेकाे छ। बैठकले प्याब्सन घाेराही नगरकाे आन्तरिक लेखा परिक्षणका लागि जिल्ला सहकाेषाध्यक्ष विमल अधिकारी र सदस्य सुनिल गाैतमलाई जिम्मेवारी प्रदान गरेकाे छ। साताैँ साधारणसभामा उपस्थितिका लागि अध्यक्ष ओलीले सम्पुर्ण प्रिन्सिपल, सञ्चालक तथा पत्रकारहरुलाई अनुराेध गर्नुभएको थियाे ।
बैठकलाई प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारी, निवर्तमान केन्द्रीय सचिव यादव गिरी, जिल्ला अध्यक्ष निर्मल न्याैपानेले सम्बाेधन गर्नुभएको थियाे । नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठककाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।












