oplus_1026

घाेराही, १५ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराहीले चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड २०८२ का विषयमा प्रिन्सिपल भेला गरेकाे छ। प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापाकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएकाे थियाे ।

मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने चाैथाे प्याब्सन घाेराही रनिङ सिल्ड २०८२ लाई सफल बनाउन भेलाले सबै प्रिन्सिपलहरुलाई जिम्मेवारीपूर्वक आचारसंहिता पालना गर्न र आवश्यक कार्यसम्पादन गर्न निर्देशन दिएकाे छ।

भेलालाई सम्बाेधन गर्दै प्रमुख अतिथि थापाले खेलका माध्यमबाट संगठनकाे आधार तयार हुने र संगठन सबलीकरण गर्न सकिने बताउनुभयाे । उहाँले विद्यालयहरु बीचकाे एकता र सुमधुर सम्बन्ध स्थापित गर्न प्रतिस्पर्धात्मक खेलहरुबाट सम्भव भएकाले रनिङ सिल्डमा सबै सदस्य विद्यालयहरुकाे सहभागीता रहनुपर्नेमा जाेड दिनुभयाे ।

प्याब्सन केन्द्रीय कार्यसमितिका पूर्व सल्लाहकार नारायण प्रसाद अधिकारीले प्याब्सन घाेराही रनिङ शिल्ड निजी विद्यालयहरुकाे गाैरव र प्रतिष्ठाकाे विषय रहेकाले सफल बनाउन हरेक निजी विद्यालयले अहम भूमिका निर्वाह गर्नु आग्रह गर्नुभयाे । उहाँले विगतका रनिङ सिल्ड सञ्चालनका कमीकमजोरीलाई औल्याउदै थप सुधारसहित अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

भेलालाई प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष एवम् प्याब्सन घाेराहीका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे भेलाकाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस