oplus_2

घाेराही, २८ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा दाेस्राे प्याब्सन घाेराही किड्स ओलम्पियाड सञ्चालन हुने भएकाे छ। बाल उत्सवका रुपमा मनाइने किड्स ओलम्पियाडमा कक्षा एल्.के.जी. देखि कक्षा एकसम्मका बालबालिकाहरुले विभिन्न खेल तथा नृत्य प्रदर्शन गर्नेछन् ।
प्याब्सन घाेराही नगर कमिटिकाे आयाेजनामा साेमबार बसेकाे प्रिन्सिपलहरुकाे बैठकले माघ १७ गते बेलझुण्डी स्थित रङ्गशालामा किड्स ओलम्पियाड गर्ने निर्णय गरेकाे छ।
बैठकले किड्स ओलम्पियाड सम्बन्धि माघ ६ गते पूर्व प्राथमिक तहका संयाेजकहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेकाे छ। बैठकले किड्स ओलम्पियाडलाई थप भव्य र उल्लासमय बनाउन सबै प्रिन्सिपलहरुलाई आ-आफ्ना विद्यालयबाट विद्यार्थीहरुकाे उल्लेख्य सहभागीता गराउन अनुराेध गरेकाे छ।
प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् निवर्तमान केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा भएकाे बैठकलाई जिल्ला अध्यक्ष निर्मल न्याैपाने, वरिष्ठ उपाध्यक्ष एवम् नगर प्याब्सनका प्रमुख सल्लाहकार विरेन्द्र चन्दले सम्बाेधन गर्नुभएको थियाे ।
नगर उपाध्यक्ष मानसिंह घर्तीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे बैठककाे सहजीकरण सचिव विमल भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस