घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ । केसीले २५९६ मत प्राप्त गर्दा उहाँ प्रतिद्वन्दी किशाेर आचार्यले ६८० मत प्राप्त गर्नु भएको छ भने अध्यक्ष पदका अर्का उम्मेदवार सुमन शर्माले १५५ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा भरतमणि पाण्डेय, महिला उपाध्यक्षमा खुमा कुमारी खड्का, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टीकाराम वली बिजयी हुनुभएको छ । त्यसैगरी खुला सदस्यतर्फ चुर्ण बहादुर वली, निरज कुमार कार्की र नवीन पोख्रेल विजयी हुनुभएको छ भने महिला सदस्यमा बिन्दु पाण्डेय, रेखा न्यौपाने र उषा सुवेदी थापा निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा निर्वाचित खुमा कुमारी खड्का बाहेक सबै ध्रुव केसी नेतृत्वको नेपाली काँग्रेस प्यानलका हुन् । नेकपा एमाले र जनमोर्चा पार्टीको समेत ध्रुव केसीकै प्यानललाई समर्थन रहेको थियो ।

कुनै पनि प्यानलमा नरहेर एकल रुपमा स्वतन्त्र उम्मेदवारी दिएका तीनजना उम्मेदवार मध्ये महिला उपाध्यक्षमा खुमा कुमारी खड्का निर्वाचित हुनुभएको छ । कोषाध्यक्षको प्रतिस्पर्धामा रहेका दिनेश आचार्यले १ हजार १ सय १७ लोकप्रीय मत प्राप्त गरे पनि निर्वाचित हुन भने सक्नुभएन । कोषाध्यक्षमा निर्वाचित टीकाराम वलीले १ हजार ४ सय ३३ मत प्राप्त गर्नुभएको थियो ।  त्यसैगरी सदस्यमा उम्मेदवारी दिएका सुरेश केसी २ मतको झिनो अन्तरले निर्वाचित हुनबाट बञ्चित भए ।

वैशाख २६ गते भएको निर्वाचनमा ८ हजार ४९ मतदाता मध्ये ३ हजार ६ सय ७३ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस