घाेराही, ९ भदाै । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे साेमबार बसेकाे बैठकले प्रतियोगिता तथा सम्मान कार्यक्रमहरु गर्ने निर्णय गरेकाे छ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्रमुख सल्लाहकार विरेन्द्र चन्दकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले भाद्र २१ गते आइतबार प्राथमिक तहकाे गणित-विज्ञान हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेकाे छ । कक्षा ४ र ५ का लागि आयाेजित गणित-विज्ञान हाजिरी जवाफ प्रतियोगिता घाेराही उपमहानगरपालिका १७ गुलरिया स्थित मदन भण्डारी मेमोरियल स्कुलमा सञ्चालन गर्ने निर्णय गरेकाे छ । उक्त प्रतियोगिताकाे छनाैट चरणमा ५० ओटा वस्तुगत प्रश्नहरुकाे लिखित परीक्षा गराइने र फाइनल चरणमा भने १० उत्कृष्ट समुहलाई हाजिरी जवाफ गराउने निर्णय गरिएकाे छ ।
यसैगरी बैठकले असाेज २ गते शिक्षा दिवसका अवसरमा विद्यार्थी, शिक्षक र विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृद्धिसँगै प्राेत्साहन स्वरुप सम्मान कार्यक्रम गर्ने निर्णय गरेकाे छ । शैक्षिकसत्र २०८२ मा पालिकास्तरीय कक्षा ८ काे परीक्षा र राष्ट्रिय परीक्षा बाेर्डकाे एसइइ परीक्षामा ४ जिपिए, कक्षा १२ मा पालिका उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थी र विद्यालय, कक्षा ८ र १० मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालयलाई सम्मान गर्ने निर्णय गरेकाे छ। यसैगरी एसइइ २०८२ मा ५ अनिवार्य विषयहरुमा पालिकाभित्र सर्वाेत्कृष्ट जिपिएसहित धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई पनि सम्मान गर्ने निर्णय गरेकाे छ।
बैठकले जर्नी टु जिनियस एक्स्पाे २०८३ का सम्बन्धमा भाद्र १० गते बुधबार १:३० बजे हाेटेल पाैवा घाेराहीमा घाेराही उपमहानगरपालिकाभित्रका प्याब्सनमा आवद्ध निजी विद्यालयका प्रधानाध्यापकहरुकाे भेला समेत गर्ने निर्णय गरेकाे छ।












