घोराही, २० कार्तिक । नेपाल प्रेस युनियन दाङको आयोजनामा शुक्रबार नेपाल पत्रकार महासंघ दाङको सभाहलमा ‘स्वतन्त्र प्रेसको अभ्यासमा देखिएका चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वतन्त्र प्रेसको अभ्यासमा देखिएका समस्या, पत्रकारिताको व्यावसायिकता, प्रेस स्वतन्त्रताको अवस्था तथा पत्रकारले भोग्नुपरेका चुनौतीका विषयमा छलफल भएको थियाे ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष आर.के शितलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्री, केन्द्रीय सदस्यलगायतका पदमा निर्वाचित दाङका नेताहरूलाई बधाई ज्ञापन गरिएकाे थियाे । उक्त अवसरमा दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।
नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष अमर क्षितिज भण्डारीकाे स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव लिलाधर वलीले गर्नुभएको थियो ।












