घोराही, १४ पुस । घोराहीमा रहेका टेम्पो तथा इरिक्साका चालकहरुलाई ट्राफिक ज्ञानका बारेमा प्रशिक्षित गरिएको छ । टेम्पो तथा इरिक्सा चालकहरुले नै कार्यक्रमको आयोजना गरि प्रहरीले उनीहरुलाई आवस्यक ज्ञानका बारेमा प्रशिक्षण दिएको हो ।
टेम्पो तथा इरिक्सा संयुक्त व्यवस्थापन समितिको आयोजनामा घोराही उपमहानगरपालिका १५ भरतपुरमा भेला गरी चालकहरुलाई ट्राफिक प्रशिक्षण दिईएको हो । समितिका अध्यक्ष कोमल बस्नेतको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
भेलामा उपस्थित भएका टेम्पो तथा इरिक्सा चालकहरुलाई प्रदेश प्रहरी कार्यालयका डिएसपी पुष्प मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरले चालकले अपनाउनु पर्ने ज्ञान र आबस्यक कागज पत्रकाका बारेमा जानकारी दिनुभयो ।
टेम्पो तथा इरिक्साको गति, सिट क्षमता, घुमाउदा वा अर्को गाडीलाई साईड दिदा कताको बत्ती बाल्ने, गाडीलाई चुस्त राख्ने, तोकिएको स्थानमा व्यवस्थित ढंगले पार्किङ गर्ने र तोकिएको मात्रै भाडा दरलाई कायम गर्ने बिषयमा प्रशिक्षण दिईएको छ ।
कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले टेम्पो तथा इरिक्साले यात्रुहरुलाई निकै सहजता ल्याएको तर गुनासो पनि निकै धेरै रहेको भन्दै अनुशासित पेशा बनाउन आग्रह गर्नुभयो ।












