दाङ, १४ फागुन । घाेराही उप-महानगरपालिका वडा नम्वर ७ काे आयाेजनामा आज शनिवार बालमैत्री अभियानका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष खाेपिराम चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बालमैत्री सहजकर्ता दुर्गालाल केसी र घाेराही उ.म.न.पा.का अधिकृत प्रेम केसीले टाेल विकास संस्थाले बालमैत्री अभियानमा खेल्नसक्ने भूमिका, बालक्लव र टाेल विकास संस्थाकाे सम्बन्ध,सामाजिक अभियानमा टाेल विकास संस्थाकाे परिचालन लगायतका विषयमा प्रशिक्षण दिनुभएकाे थियाे ।
वडा सदस्य छन्द बहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा वडा सदस्य सुशीला चाैधरी, गाेमा नेपाली, सहभागी माधव शर्मा लगायतले बालमैत्री र टाेल विकास संस्थाका बारेमा धारणा राख्नुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण वडा कार्यालयका कर्मचारी विमल याेगीले गर्नुभएकाे थियाे ।












