घोराही, १२ माघ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले संगठन सुदृढीकरण तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकोछ । प्याब्सन दाङले जिल्ला कार्यसमिति, पालिका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, फोकल पर्सन र विभागीय संयोजकहरुका लागि एकदिने नेतृत्व विकास तालिम शनिबार घोराहीमा सञ्चालन गरेको हो ।

तालिममा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीले सङ्गठन सुदृढीकरण तथा तथा नेतृत्व विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो । यसैगरी, प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीले सङ्गठन सुदृढीकरणका लागि आवश्यक ज्ञान र सीपका विषयमा सहभागीलाई प्रशिक्षित गराउनुभएको थियो ।

तालिमका अर्का प्रशिक्षक प्याब्सन दाङका प्रमुख सल्लाहकार मधुसुदन केसीले आध्यात्माले नेतृत्व क्षमतामा पार्ने प्रभावका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन सत्रमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमी मानवले सङ्गठन तथा नेतृत्व समाज सेवासँग जोडिनुपर्ने आवश्यकताका विषयमा धारणा राख्नुभएको थियो ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वरिष्ठ उपाध्यक्ष बिरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस