दाङ, ९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला शुक्रबार घोराहीमा सप्पन्न भएको छ ।
प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विश्वास पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा कक्षा ३ देखि १० सम्मको नेपाली विषय शिक्षण तथा प्रश्न निर्माण सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमका सहभागीका तर्फबाट पशुपति विद्याश्रमका नारायण नेपाल र सिर्जना बालबाटिका माविका पद्मा पौडेलले पृष्ठपोषण मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गोल्डेन बुक्स पब्लिकेसन्सले सहकार्य गरेको थियो ।
प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा प्याब्सन दाङका तालिम तथा अनुसन्धान विभागका संयोजक चक्रबहादुर रावतले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहसचिव कृष्णप्रसाद पोख्रलले गर्नुभएको थियो ।












