दाङ, १९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङकाे आयाेजनामा प्रधानाध्यापकहरुकाे भेला साेमबार ज्ञानमाला एकेडेमी, घाेराही १६ सर्रामा सम्पन्न भयाे ।

प्याब्सन दाङ जिल्ला अध्यक्ष निर्मल न्याैपानेकाे अध्यक्षता एवम् प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायण अधिकारीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले प्याब्सन भवन निर्माण, शैक्षिकसत्र २०८२ काे क्यालेन्डरका विषयमा छलफल गरेकाे थियाे । बैठकमा प्याब्सनका प्राज्ञिक सल्लाहकार अरुण शर्मा, निवर्तमान केन्द्रीय सदस्य केशब थापा, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दलगायतले आफ्ना धारणा राख्नुभएको थियाे ।
बैठकले प्याब्सन दाङकाे भवन निर्माण समितिकाे संयाेजकमा वरिष्ठ सल्लाहकार केशव थापालाई अनुमाेदन गरेकाे छ । बैठकमा सहभागी प्रधानाध्यापकहरुले पालिकास्तरबाट बिषयवस्तुमाथि सुझावसहितका धारणाहरु राख्नुभएकाे थियाे ।

प्याब्सन दाङका उपाध्यक्ष शाेभाकर भुसालकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रमकाे सञ्चालन सहसचिव कृष्ण प्रसाद पाेख्रेलले गर्नुभएकाे थियाे ।












