– शालिकराम मुसाफिर

चोर औँला देखाएर खुसी हुने कस्तो तिमी ?
बाँकी औंला बिर्सिएर मुटु रेट्ने कस्तो तिमी ?

धानको बाला झुले पनि, भित्र्याउन बाँकी छ त
आफन्तको गला थिची, पराइ भेट्ने कस्तो तिमी ?

जति सूर्य चम्किए नि, अस्ताउनु त पर्छ आखिर
स्थायी हैन आखिर जीवन, बाटो छेक्ने कस्तो तिमी ?

दोबाटोमा भेट हुँदा, मुन्टो घुमाइ हिँड्न थाल्यौं
भुल्छौं भने भूल बरु, उसलाई बोक्ने कस्तो तिमी ?

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस