दाङ । ‘कोहलपुर एक्सप्रेस’ चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ ।

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने लगायतका  कलाकार फिचरिङ छन् ।

केमडी जनरामा निर्माण भएको चलचित्रलाई विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहेको छ ।
चलचित्रमा विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा र संवाद रहेको छ ।

मार्च २८ मा युट्युब च्यानलमा अपलोड गरिएको ट्रेलर अप्रिल २ मा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस