घोराही, ५ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा एकता भइ नेपाल कम्युनिष्ट पार्टी बनेकोमा प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले स्वागत गरेको छ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको शनिबार बसेको बैठकले पार्टी एकताको स्वागत गर्दै अन्य कम्युनिष्ट पार्टीलाई पनि एकताको प्रक्रियामा जान आग्रह गरेको छ ।
प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा प्रलेशका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख आतिथ्यमा बसेको बैठले आउँदो जेठ १२ गतेका दिन गर्न थालिएको प्रलेसको १० औं जिल्ला अधिवेशनको तयारीका लागि विभिन्न निर्णय गरेको छ । प्रलेशको नेतृत्व सर्वसम्मत रुपमा चयन गर्नका लागि पूर्व अध्यक्षहरु पद्मप्रसाद शर्मा, यज्ञवहादुर डाँगी र केशव थापालाई जिम्मेवारी दिएको छ ।
बैठकले सांगठनिक प्रतिवेदन लेखनको जिम्मेवारी सचिव खगेश्वर भण्डारीलाई, आर्थिक व्यवस्थापन र आर्थिक प्रतिवेदन लेखनको जिम्मेवारी कोषाध्यक्ष छविलाल कोपिलालाई दिने निर्णय गरेको छ । यसैगरी बैठकले २०५० साल पुस ३ गतेका दिन प्रलेस स्थापनाको पहिलो कार्यसमितिलाई अधिवेशनको अवसरमा सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकले प्रलेस दाङका सल्लाहकार तथा निवर्तमान जिल्ला अध्यक्ष केशव थापा प्रलेसको प्रदेश कमिटीको सचिव हुनुभएको बधाई ज्ञापन गरेको छ । यसैगरी प्रलेस दाङका सचिव खगेश्वर भण्डारीले बनाउनुभएको लोगो प्रदेश नंं ५ मा उत्कृष्ठ भएकोमा बधाई ज्ञापन गरेको छ । बैठकमा केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, केन्द्रीय सदस्य यज्ञवहादुर डाँगी, प्रदेश सचिव केशव थापा, जिल्ला सल्लाहकार पुरुषोत्तम खनालले बोल्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस