घोराही, २२ जेठ । मगर समुदायको मामै नाच संरक्षणका लागि राष्ट्रिय नाचघर जुटेको छ । लोपोन्मुख बन्दै गइरहेको मामै नाच संरक्षणका लागि संस्थानले अध्ययन सुरु गरेको राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले मंगलवार पत्रकारसँगको भेटमा बताउनुभयो ।

महाप्रबन्धक थापाले दाङको सवारीकोटमा मात्रै भेटिएको मामै नाच मगर समुदायको प्रसिद्ध साँस्कृतिक मौलिक कलामध्ये एक रहेकाले त्यसको संरक्षणका लागि राष्ट्रिय नाचघर लागिपरेको बताउनुभयो ।

मगर समुदायमा मामाको चेली, फुपुको चेलाबीच चल्ने बिहेवारीलाई गीति लयमार्फत उक्त मामै नाचले जस्ताको त्यस्तै देखाउने भएकाले यस नाचको विशेष महत्त्व रहेको उहाँले बताउनुभयो । मगर समुदायको मामै नाचको महत्त्व र पहिचान धेरै फरक रहे पनि पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख हुँदै गइरहेको उहाँले बताउनुभयो । मामै नाचका संरक्षणतर्फ युवा पुस्ता अग्रसर हुन अति आवश्यक रहेको उहाँले बताउनुभयो । मगर समुदायहरुमा साउने संक्रान्तिका दिन मामैको विशेष नाचगान हुने गर्दछ ।

त्यस्तै साँस्कृतिक संस्थानले नेपालमा रहेका हरेक जातजातिका मौलिक कला र संस्कृतिबारे अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । उक्त भेटघाटमा दङाली गायक एवं नायक बिपिन घिमिरे, गोरण चौधरीले पनि दाङको मौलिक लोक कला संस्कृतिकाबारे जानकारी गराउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस