घोराही, २८ मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम शुक्रवार घोराहीमा सम्पन्न भयो ।

जिल्ला शाखा दाङका उपाध्यक्ष नगेन्द्र गुरुको अध्यक्षतामाा भएको १५९औँ श्रृङखलामा साहित्यकार तिला पन्थीको कृति ‘नव सिर्जना कविता संग्रह भाग–दुई’ को समीक्षा गरिएको थियो । कृतिको समीक्षा डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।

शााखाका कोषाध्यक्ष गोपाल भुषाल अभिलाषीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमा प्रलेशका केन्द्रिय उपाध्यक्ष पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा प्युठानका अध्यक्ष देवेन्द्र रिजाल, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने लगायतले भनाई राख्नुभएको थियो ।

कार्यक्रमको संचालन शाखाका उप–सचिव छविलाल कोपिलाले गर्नुभएको थियो । सोही कार्यक्रममा आगामी श्रृङ्खला पुसको अन्तिम शुक्रवार हुने र उक्त कार्यक्रममा साहित्यकार निम बहादुर थापाको उपन्यास ‘बिठ्याइँ’को समिक्षा गरिने जानकारी दिइएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस