तुलसीपुर, २८ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा बालविबाह न्युनिकरण सम्वन्धि सचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ । वडा कार्यालयको आयोजनामा शनिवार र आइतवार बाल विवाह न्युनिकरण सम्बन्धी सचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको हो । वडास्तरीय बालसंरक्षण समितिका संयोजक डिला परियारले समाजमा अहिले पनि बालविवाह भइरहेको भन्दै वडालाई बालविवाह मुक्त बनाउन नाटक प्रदर्शन गरिएको बताउनुभयो ।
वालविबाह गरेमा हुने शारीरीक, मानसिकलगायत विविध समस्या, उमेर पुगेपछि विवाह गर्दाका फाइदा, बालबालिकाको इच्छा विपरीत जबर्जस्ती विवाह गराएमा हुने कानुनी सजाय आदि विषयवस्तुलाई समेटेर तयार गरिएको नाटक वडाको बायोखोला, खाद्रे, वनहरीको थापाटोल, लामीदमार, घोरानेटी, रक्षाचौरको चारबाटोचोक लगायतका स्थानमा प्रर्दशन गरिएको थियो ।
नाटकमा मुल्कोट टोलविकास संस्थाका समीक्षा पुन, विशाल पुन, लक्ष्मी वली, गिरिराज घर्ती, डिला वली, हिमाल वली, मोतीराम वलीले अभिनय गरेको समितिका सदस्य ऋषिराम पुनले जानकारी दिनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)