घोराही, ५ साउन । घोराही उपमहानगरपालिका वडा नं. २ ले शनिबार वृक्षारोपण गरेको छ । वडा कार्यालय, प्रहरी चौकी तथा रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र परिसरमा आज वृक्षारोपण गरिएको हो ।

अशोक, निम, कपुर, राजवृक्ष (बाँदर लठ्ठी) लगायतका २०० बढी बिरुवाहरु जनप्रतिनिधि, वडा नं. २ मा रहेका विद्यालयका प्रधानाध्यापकहरु, समाजसेवी/बुद्धिजीवी एवं स्थानीयको सहभागितामा रोपिएको थियो । कार्यालय परिसरलाई सुन्दर, सफा र वातावरणमैत्री बनाउने उद्देश्यका साथ बिरुवा रोपिएको वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले बताउनुभयो ।साथै वडाले २ हजार ५ सय चिउरीका बिरुवासहित ३ हजार बिरुवा वडा नं. २ अन्तर्गतका सामुदायिक वनहरुलाई हस्तान्तरण गरेको छ । वडामा रहेका गौरी सामुदायिव वन, सरयू सामुदायिक वन, बबई महिला सामुदायिक वन, शिवशक्ति सामुदायिक वन, कालिका सामुदायिक वन, मनकामना सामुदायिक वन र नाम्रिकोट सामुदायिक वनलाई चिउरी, सिमल, बोकाइनो, बडर, टिक, खयर आदि विभिन्न प्रजातिका बिरुवाहरु वितरण गरिएको थियो । उक्त अवसरमा वडा अध्यक्ष केशवराज आचार्य, सदस्यहरु गिरबहादुर केसी, टार्जन खड्का, यमी पुनमगर, हिमा विक, जनता मावि बुकाका प्रधानाध्यापक पूर्णप्रसाद पोख्रेल, प्रावि सुर्केडाँगीका केशवराज पोख्रेल, बराह प्रावि साहीपुरका प्रधानाध्यापक विष्णुप्रसाद रेग्मी, आधारभूत विद्यालय चाक्लीघाटका प्रधानाध्यापक गिरिराज भण्डारी, प्रावि पलाँसेका प्रधानाध्यापक चामबहादुर विक, गङ्गा मावि रामपुरका प्रधानाध्यापक नारायण रिजाल, प्रावि निमुरियाका विव्यस अध्यक्ष शरद डाँगी, सरयू ताजा तरकारी सहकारी संस्थाका जयन्द्रप्रसाद चौधरी, नवचेतना शैक्षिक बोर्डिङ स्कुलका खेमराज खनाल, समाजसेवी तथा बुद्धिजिवी विश्वेश्वरप्रसाद पाण्डे, तुलसीराम आचार्य, प्रहरी चौक रामपुरका प्रमुख केशवसिंह धामी, रामपुर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका भूवनेश्वर रिजाल, स्थानीय ओमभक्त रेग्मी तथा रजनी चौधरीले आ–आफ्नो नामबाट वृक्षारोपण गर्नुभएको छ । वृक्षारोपणमा सहभागी सबैले आफ्नो नामबाट रोपिएका बिरुवाहरुको आफै संरक्षण गर्ने प्रतिबद्धता समेत जनाएका थिए । रोपिएका बिरुवाहरुमा व्यक्ति तथा संस्थाको ‘ट्याग’ लगाउने र उक्त बिरुवाको संरक्षणको जिम्मा सम्बन्धित व्यक्तिलाई दिने वडाअध्यक्ष आचार्यले बताउनुभयो । बालीनाली नलाग्ने खाली जग्गामा बृक्षारोपण गर्न समेत अध्यक्ष आचार्यले वडाबासी सबैमा आग्रह गर्नुभयो । वडालाई वातावरणमैत्री बनाउन आफू निरन्तर लागिरहेको बताउँदै अध्यक्ष आचार्यले कसैले आफ्नो निजी जग्गामा वृक्षारोपण गर्न चाहेमा वडाले बिरुवाहरु सहयोग गर्ने जनाउनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस