दाङ, १४ भदौ । घोराही उपमहानगरपालिका १९ को वडा कार्यालयले वर्षाले अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । वर्षाका कारण वडा कार्यालय र सदरमुकाम घोराही जोड्ने सबै सडकहरु बन्द छन् ।
सडकखण्डको ठाउँ ठाउँमा पहिरो गएको वडा सदस्य जंग रोकाले बताउनुभयो । वडा कार्यालय जोड्ने मसिना कटुवाखोला धपाले, नयाँ वस्ती रालवाङ र दुइखोली राम्चे हँुदै लाकुरी बजार सडक सबै अबरुद्ध छन् । सडक अबरुद्ध भएपछि सवारीसाधन चल्न सकेका छैनन् ।
सवारी साधन चल्न नसक्दा स्थानीय पैदल हिँडेर दैनिक उपभोग्यवस्तु किन्न घोराही बजार आउन बाध्य भएको वडा अध्यक्ष हर्क घर्तीले बताउनुभयो ।  गाउँमा उत्पादन भएको तरकारी एवं अन्य वस्तुसमेत ल्याउन समस्या भएको उहाँले बताउनुभयो ।बिहीवार घोराही उपमहनगरपालिकाका सव इञ्जिनियर शिवकुमार शर्मा र जनप्रतिनिधिको टोलीले अवरुद्ध सडकको अनुगमन गरेको छ । ‘प्राविधिक टोलीले अवरुद्ध सडकको अनुगमन गरेको छ’ वडा सदस्य रोकाले भन्नुभयो ‘अब तत्काल सडकमा खसेको पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने काम हुन्छ ।’ उहाँका अुनसार तिज अघि नै अबरुद्ध सडक सञ्चालनमा आउने छन् ।
वडा नं. १९ घोराही उपमहानगरपालिकाको पहाडी क्षेत्र हो । वडामा पुग्नको लागि निर्माण भएका सबै सडक कच्ची छन् । सडक बने पनि नालीको व्यवस्था नहँुदा वर्षामा सडक भत्कने गरेको छ ।  सडक भत्कदा असारदेखि भदौसम्म सदरमुकाम घोराहीसँगको यातायात सम्पर्क बर्सेनी टुट्ने गर्दछ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस