दाङ, १८ मंसिर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार दंगीशरण गाउँपालिका—६ मा समुदाय—प्रहरी वडा समिति गठन गरिएको छ । वडामा समुदायमा प्रहरी र समुदायबीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्देश्यले समुह गठन गरिएको हो ।

वडाध्यक्ष टंक वलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । जसको सह—संयोजकमा बागर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जोरासिंह अधिकारी रहनुभएको छ । सदस्य सचिवमा वडा सचिव देवबहादुर डाँगी, सदस्य हिरा चौधरी, टीकाराम चौधरी, शिवसुन्दर बुढाथोकी, भवानी लामिछाने, नागरिक समाजका वसन्तकुमार डाँगी रहनुभएको छ ।

यस्तै सिद्ध जनता क्याम्पस श्रीगाउँ व् स्थापक समितिका अध्यक्ष बिनोदकुमार राणाको बिशेषगरी सहभागीतामा भेला भएको थियो । भेलाको सञ्चालन गरिबी निबारणका सामाजिक परिचालक कृष्णा गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस