शिवराज पन्थी
गढवा, २२ मंसिर । चाहे महिला होस, चाहे पुरुष नै नेपाली समाजको परम्परागत संस्कार र पितृसत्तात्मक सोंच नै लैंगिक हिंसाको कारक भएकोे संघीय मामिला तथा प्रदेश कानूनका सभापति तथा प्रदेश नं. ५ का सांसद दामा शर्माले बताउनुभएको छ । नेपाली समाजका महिला तथा पुरुष र लैंगिक अल्पसंख्यक अधिकांश मानिसहरुको परम्परादेखिको चिन्तन, संस्कार, सोंच र मानसिकताभित्र पितृसत्ताको जरो रहिरहेको भन्दै यस्तो सोंच र चिन्तन रहँदासम्म लैंगिक हिंसा न्यूनिकरण भए पनि पूर्ण रुपमा हट्न नसक्ने सांसद शर्माले बताउनुभयो ।

समाजमा हुने लैंगीक हिंसा न्यूनीकरण गर्न अहिले नेपाल सरकारले मन्त्रीपरिषद् बाटै निर्णय गरेर केन्द्रदेखि सातै प्रदेश हुँदै स्थानीय तहसम्म अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो । गढवा गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ति चौधरीको अध्यक्षता र सांसद शर्माको प्रमुख आतिथ्यमा शनिवार देउखुरीको गढवामा स्थानीय सरकारले आयोजना गरेको लैंगीक हिंसाविरुद्धको १६ दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो बताउनु भएको हो ।कार्यक्रममा बोल्दै महिला मानवअधिकार रक्षकहरुको सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यले सामाजिक लिंगभेदका कारणले हुने हिंसाको मुख्य कारण नेपाली समाजमा रहेको महिला पुरुष बीचको असमान शक्तिसम्बन्ध भएको बताउनुभयो । कार्यक्रममा लैगिक हिंसा न्यूनीकरणका लागि चालिएको सरकारी कदम स्वागतयोग्य भएको भन्दै लैंगिक विभेदमा आधारित हिंसा, कारण र परिमाणहरुबारे स्पष्ट पार्दै हिंसाका प्रकार, अवस्था र न्यूनिकरणका लागि गरिएका हालसम्मका प्रयास र चुनौतिहरुबारे सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामप्रसाद गैरे र नवस्वर्गद्वारी महिला सहकारीका अध्यक्ष रेखा थापालगायतले बोल्नुभएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी आचार्यले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

गाउँपालिकाका न्यायिक समितिका संयोजक कमला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका संयोजक जीवनकुमारी जिसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस